Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

जेबि खड्का
गौरादह, १९ चैत २०७९ । गौरादह नगरपालिका वडा नं.८ बैरातीमा रहेको शिवालय मन्दिरमा श्री श्री १०८ अष्टजाम महायज्ञ संचालन गरिएको छ। निलकण्ठ महादेव अष्टजाम समितिको आयोजनामा ७२ घण्टे अष्टजाम लगाइएको छ ।

प्रदेश नं.१ का मुख्य मन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच अष्टजामको उद्घाटन गरेका थिए।सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्ने उदेश्यले संचालन गरिएको अष्टजाममा ञहर भोला हर भोला भोला भोला हर हरझ, ञहर शिव हर शिव शिव शिव हर हरझ, भन्ने मुल मन्त्र ७२ घण्टा सम्म निरंतर जपिने आयोजक समितिका अध्यक्ष घुटुलाल राजवंशीले जानकारी गराएका छन।

बैरातीको शिवालय मन्दिरमा २०७५ सालमा अष्टजाम लगाइएको थियो। त्यसपछि कोरोना महामारीका कारण स्थगित गरिएको अष्टजाम कार्यक्रमलाई यश बर्ष संचालन गरिएको पनि अध्यक्ष राजवंशीले बताएका छन।अष्टजाममा मुल मन्त्र जप्न स्थानीयका साथै छिमेकी पालिकाबाट कृतन मन्डलीका टोलिहरु सहभागी भएको र अन्य टोलीहरु पनि आउने क्रम भईरहेको आयोजक समितिका सचिब मोहोन राजवंशीले जानकारी गराए। अष्टजाम संचालन हुदा ८ वटा कृतन मन्डलीका टोलीहरुले सहभागीता जनाइसकेको र अन्य ४ टोली आउने क्रममा रहेको सचिब राजवंशीले बताएका छन। अष्टजामका संचालनका लागि शिवालय मन्दिर आसपासमा राधा कृष्ण, आदीशक्ती, सन्तोषीमाता, रामसिता, शिवपार्वती, गणेश, बजरङ्गबली, बाँदर, छट देवता र महाराजका मुर्तिहरु बनाएर सजाइएको आयोजकका सदस्य भद्रसिंह ताजपुरियाले जानकारी गराएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया