Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, २१ फागुन २०७९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गरेको छ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प विष्णुपुराका सहायक हवल्दार ट्याक्टरमा माटो ओसारपसार गर्नेसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन्। सेनलाई अख्तियारको टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका ३ मंगलपुरबाट पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले सहायक हवल्दार सेनले सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

सेनमाथि अनुसन्धान सुरु भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया