Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

गौरादह, २० फागुन २०७९ । नेपाल विद्युत प्राधिकरणको गौरादह वितरण केन्द्रले अत्यन्त जरुरी सूचना जारी गरेको छ । आज(शनिबार) साँझ जारी गरेको सूचना अनुसार पाडाजुंगी देखि जुरोपानी सम्मको नयाँ निर्माण भएको ३३ के.भी. लाइनमा भोली(आइतबार) देखि विद्युत प्रवाह हुने भएको जनाउँदै तार, पोल, स्टे आदि विद्युतीय संरचनाहरु नछुन, छेउछाउ नजान, वस्तु चौपायाहरु लाइनको छेउछाउ वा पोल तथा स्टेमा नबाध्न, लाइन वरिपरिको रुखबिरुवाहरु नकाट्न र यदि काट्नु पर्ने भएमा कार्यालयमा अनिवार्य सम्पर्क गर्न सूचनामा भनिएको छ ।

यस्तै, लाइन प्रवाह हुँदा कहिँ कतै आगोको झिल्का आएको, फाइरिंग भएको, पड्केको थाहा भएमा जारी गरिएको सूचनामा उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । यस्तैगरी, सूचनालाई बेवास्ता गरि कुनै प्रकारको दुर्घटना भएमा स्वयं जिम्मेवार हुनुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया