Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, ३ माघ २०७९ । ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ । उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया