Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

गौरादह, ६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक(शहरी) क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह ३ का जग्गाको वर्गीकरण यस्तो छ
वडा नं. ३
(१) व्यावसायिक (शहरी) क्षेत्र
डिपु चोक देखि धोबिनिया चोक सम्म २ कि.मि. क्षेत्र बजार क्षेत्र बनाउने (डिपु चोक देखि दक्षिण घोविनिया चोक पश्चिम हुदै बरगाछी, शिवालय मन्दिर उत्तर बङ्गडे पुल, पश्चिम गेउरीया खोला पुल, उत्तरमा गैरीगाँउ हुदै गौरादह स्कुलचौन सडकको दक्षिणको क्षेत्र बजार)।
(२) आवास क्षेत्र
– डिपुचोक र खरेल डाँडा हुँदै बरगाछी जामबाडी दुधाली सडकको दायाँबायाँ २०० मिटर आवास क्षेत्र ।
– धोवीनियाबाट सर्वानन्द अधिकारीको घरको चोक हुँदै दक्षिण वडा कार्यालय सम्म र जयबहादुर अधिकारीको घर हुँदै दक्षिण सोमराज टोल, गंगाराम भण्डारीको घर सम्म दायाँ वायाँ २०० मिटर सम्म।
–  जय बहादुर अधिकारीको घरबाट सिंहदेवी टोल हुँदै वरगाछी सम्म र सिंहदेवी टोलबाट देउराली चोक हुँदै जामवाडी स्कुलको दुर्गा प्रा.वि. हुदै वरगाछी दुधाली सडक सम्मको सडकको दायाँ बायाँ २०० मिटर क्षेत्र आवास क्षेत्र ।
–  गुराँस चोकबाट पश्चिम भोला राउत, वागली चोक, जामवाडी मन्दिर, युवराज कटुवालको घर सम्म र वागली चोक दक्षिण ७ नम्बर वडाको सिमाना विहानी चोक हुँदै जगत कार्कीको घरसम्म दायाँ बायाँ २०० मिटर सम्म आवास क्षेत्र ।
–  गुँरास चोक पश्चिम शान्तिदीप चोक हुदै गंगाराम भण्डारीको घर दक्षिण जामवाडी सर्वेश्वर शिवालय मन्दिर चोकसम्म २०० मिटर दायाँ बायाँ आवास क्षेत्र ।
–  पुष्पाञ्जली चोकबाट उत्तर कुमार खतिवडाको घर पूर्व सिंहदेवी – बरगाछी सडक सम्म २०० मिटर क्षेत्र आवास क्षेत्र ।
–  धिमधिमे चोक स्कुलबाट उत्तर लक्ष्मी सुवेदीको घरसम्म (वडा कार्यालय जाने बाटो) दायाँ वायाँ २०० मिटर आवास क्षेत्र ।
–  गुराँस चोक– देउराली – पुष्पाञ्जली – मसानघाट – मजूवा – नविन चोक – चप्रामारी सडकको गुराँस चोक मसानघाट सम्म सडक दाँया बाँया २०० मिटर आवास क्षेत्र ।
–  धोवीनिया चोकबाट दक्षिण योगराज दाहालको घर हुँदै राम प्रसाद पौडेलको घर र नौवाटोली कुमार रेग्मीको घर पश्चिम प्रकाश दाहालको घर अगाडिको बाटो (धोविनिया – नौवाटोली सडक) सम्म दायाँ वायाँ २०० मिटर क्षेत्र आवास क्षेत्र ।
–  पुष्पाञ्जली चोक देखि दक्षिण हरि फुयाँलको घर पश्चिम कौशिला विश्वकर्माको घर हुँदै गेउरीय खोला सम्म (जामबाडी – पारागाडा सडक) दायाँ वायाँ २०० मिटर आवास क्षेत्र ।
–  वरगाछी – बद्री अधिकारीको घर पश्चिम गेउरिया खोला सम्म र सोहि बाटोको मध्येभाग (सविन अधिकारी र ध्रुव पौडेल को घर हुँदै) गेउरिया खोला सम्म (सिंहदेवि – बरगाछी – गेउरिया सडक) १०० ्१०० मिटर आवास क्षेत्र ।
–  धोविनिया चोक – बरगाछी गेउरीया सडक दायाँ वायाँ २०० मिटर आवास क्षेत्र ।
–  धोविनिया वडा कार्यलय सिंहदेवि सडक दायाँ वायाँ २०० मिटर आवास क्षेत्र ।
–  मदन खड्काको घर पश्चिम ध्रुव पौडेलको घर सम्मको सडक बरगाछी ( गेउरीया सडक दायाँ वायाँ १०० मिटर आवास क्षेत्र।
–  सिंहदेवि बरगाछी सडक दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
–  अन्य सडक १०० मिटर दाँया बाँया आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि, औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू–उपयोग योजनालाई अन्तिम रुप प्रदान गर्ने नगरपालिकाले बताएको छ।

तपाईको प्रतिक्रिया