Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

बर्दिया, १९ वैशाख २०७९ । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएको छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गरिने भएको छ । साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती समेत गर्ने निर्णय भएको छ।

साथै ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो। सो बैठकमा बर्दियाका प्रमुख जिल्ला अधिकारी बास्तोला, बाँकेका प्रमुख जिल्ला अधिकारि सुर्यबहादुर खत्री, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बलसहित दुई देशका सुरक्षा अधिकारी उपस्थित थिए ।

बर्दिया जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ८२ किलोमिटर छ भने बाँकेको ६५ किलोमिटर रहेको छ ।

 

तपाईको प्रतिक्रिया