Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

८ जेठ २०७८
देशको राजनीति अहिले अप्ठ्यारो अवस्थामा पुगेको छ । कोरोना महामारीको बिरुद्ध देशको सम्पूर्ण शक्ति र संयन्त्र पहिलो प्राथमिकताका साथ जुट्नु पर्ने तर ठीक उल्टो अवस्था छ । देशको वर्तमान अवस्था आउनको बारेमा मैले विश्लेषण गरेका केही बुदाहरु प्रस्तुत गर्न खोजेको छु।

१, यो संविधान भन्दा अगाडि बनेका सबै संविधान भारतको प्रत्यक्ष अप्रत्यक्ष इच्छाअनुरुप बनेकाले १२ बुदे सम्झौता उसकै रोहवरमा बनेकाले ६२र६३ को आन्दोलन पछि बन्ने सम्बिधानमा पनि भारतले आफ्नो भुमिका हुन्छ भन्नेथ्यो तर उसको इच्छा अनुरुप नहुने भएपछी पहिलो संविधानसभा भङ्ग भयो।

२, भारतको आफ्नो उपस्थिति नभए वा इच्छा अनुरुप नबने दोस्रो सम्बिधान सभाबाट समेत सम्बिधान बन्न नदिने मौकाको खोजि रहेको बेला ७२ को भुकम्पलाई मलमपट्टि लगाउन दलहरु एकठाउमा आइपुगे , भारतले नरुचाइएका सुशील कोइराला सम्बिधान निर्माण गर्न प्रतिबद्ध हुनु , त्यसपछी प्र म बन्न पाउने सर्तमा मात्रै एमाले (के पि) सहमती जनाउन तयार हुनु, भारतबाट रवि शङ्गकर आएर सम्बिधान तत्काल जारी नगर्न सन्देश दिनु ,राष्ट्रपति रामवरण यादव पनि थोरै भारतको कुराप्रती नरम देखिनु तर बिपि सङ्गै हुर्किएका र राष्ट्रियताको मुद्दामा भारतप्रती शङ्काको दृश्टिकोण राख्नु हुने सुशील कोइराला र नेपाली काङ्ग्रेस सम्बिधान जारी गर्न दृढ रहनु र सम्बिधान जारी हुनु नै आजको यो अवस्थाको बिजारोपण भएको मेरो ठहर हो।

३, संविधान जारी पश्चात् भारतकै इशारामा मधेशबादिहरु मधेश आन्दोलनमा उत्रीनु,सुशील कोइरालाको सरकार कम्जोर बनाउन भारतले अघोषित नाका लगाउनु,केपिले उग्रराष्ट्रबादको नारा र भारत बिरोधी भाषणबाजी गर्नु।

४, नेपाली काङ्ग्रेसका नेता सुशील कोइरालाको (शङ्कास्पद) देहावसान हुनु, नेका पार्टिको सभापतिमा शेर बहादुर देउबा निर्वाचित हुनु, माओवादी सङ्गठन कम्जोर बन्दै जानू, प्रचन्ड स्थानिय निर्वाचनमा छोरिको सिट सुरक्षित गर्ने रणनीतिमा लाग्नु,देउवाले माओवादीसङ्गको सहकार्यमा प्रधानमन्त्री बन्ने सपना बुन्नु, केपि ओलिलाई यो समिकरणले औडाहा हुनु, चिनको सक्रियता बढ्नु र कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा जान प्रचण्डलाई प्रेरित गर्नु, सङ्गठन कम्जोर भएकोले आलोपालो प्रम बन्न पाउने दाउमा प्रचण्ड लोभिनु,केपिको प्रधानमन्त्री बन्ने शर्तमा जेसुकै र जुनसुकै सर्त गर्न तयार हुनु, भारत काङ्ग्रेससङ्ग रुष्ट हुनु,प्रचण्डलाई बिश्वास गर्न नसक्नु र केपिलाइ प्रयोग गर्ने रणनीतिमा लाग्नु ।

५, कम्युनिस्टहरुको दुई तिहाइ हाराहरी निर्वाचनको परिणाम आउनु,प्रचण्ड र केपिले पार्टिको सबै सस्थागत निर्णयहरु लत्याउदै केन्द्रीयता लादेर पार्टी एकीकरण गर्नु र आलोपालो प्र म हुने र दुबै अध्यक्ष बन्ने सहमती बन्नु, त्यसपछी चिनले आफ्नो सक्रीयता बढाउन शुरु गर्नु,प्रचण्डलाई भुमिका खोज्न प्रेरित गर्नु, आन्तरिक द्वन्द सिर्जना हुनु।

६, आन्तरिक द्वन्द बढेको मौकामा “र” का प्रमुख नेपाल आउनु, अन्य भारतिय अधिकारिहरु निरन्तर उपस्थिति हुनु र यो अवस्थालाई भारतले उर्वर अवस्थाको रुपमा प्रयोग गर्ने रणनीति अनुरुप प्रचण्ड र केपि बिच फाटो ल्याउन सफल हुनु। प्रतिपक्ष जनमतमा कम्जोर हुनु र मुल नेतृत्वप्रती पार्टी भित्र र बाहिर बिश्वास घट्नु, संबैधानिक नियुक्तिमा भागबन्डामा लोभिनु,  प्रमले संबैधानिक अङ्गहरुको अधिकार आफ्नो नियन्त्रणमा ल्याउदा र गैरराजनीतिक निर्णय गर्दा पनि कडा प्रतिवाद गर्न चुक्नु, यसले केपि ओलिमा सत्तामोह र महत्वकाङ्क्षा चुलिदै जानु,सल्लाहकार र आसेपासेहरु सरकार सफल पार्न भन्दा पनि धन कमाउन लालयित हुनु र प्र मबाट संरक्षण हुनु। प्रमको भाषा छनौट, प्रयोग र प्रस्तुती हलुका हुनु।

७, दलहरु बीच र एमाले भित्रको आन्तरिक द्वन्द हुर्कदै जानु र असीमित दुरि बढ्नु तथा  राष्ट्रपति प्रमको रवरस्टाम्प बन्नु।

८, सम्सदलाई छलेर प्र म असम्बैधानिक निर्णयहरु गर्न र अध्यादेशहरु मार्फत शासन गर्न उद्दत हुँदै जानू, सम्बिधानको धारा चारमा प्रवेश नै नगरी ५ मा प्रवेश गर्दा अन्य दलहरु कानुनी उपचार खोज्नुको सट्टा सरकार बनाउने लालचमा लागेपछी प्रमलाई अझै असम्बैधानिक कदम गर्न उत्साहित गर्नु र अन्तत सम्सद विघटन हुनु र निर्वाचनको मिति तोकिनु।

यी सबै घटना २०७२ साल असोज ३ गतेको सम्बिधानको घोषणाको जगबाट शुरु भएको हो र त्यसको ग्र्यान्ड डिजाइन भारत हो भने त्यसको सारथि वर्तमान प्रधानमन्त्री हुन भने सहयोगी पात्र अन्य राजनितिक दलका अदुर्दर्शी,अवसरबादी र असफल नेतृत्व हुन।

अब न्यायलयले यो असम्बैधानिक कदम सच्च्याउन सकेन भने अन्तत यो सम्बिधान समाप्त हुन्छ र व्यवस्थाको विसर्जन हुनेछ।सच्च्याउन सक्यो भने राष्ट्रिय सहमतिको सरकार बनाएर बाकी अवधी कोरोना रोकथाममा लागेर निर्धारित समयमा निर्वाचन हुन सके देश सिक्किमिकरण हुन बाट बच्नेछ।
बद्री कार्की 

तपाईको प्रतिक्रिया