Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

गौरीगंज, २६ बैशाख । नक्सामा सिधा भएको बाटो र ढल नियतबस नगबेली बनाउन जबरजस्त जनता ढाँट्ने गौरीगंजका वार्ड अध्यक्ष पत्रकारसंग खनिए । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ का वडाध्यक्ष मखना महतो ले पत्रकार माथि दुर्ब्यबहारको प्रयास गरेका छन् ।

वडाध्यक्ष महतोले गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवँशी माथि दुर्ब्यबहार गर्दै रिपोर्टिङका क्रममा रहेका उनको क्यामेरा समेत खोस्न खोजेका थिए ।

निर्माणाधीन हुलाकी राजमार्ग सो वडामा केहि व्यक्तिहरुको स्वार्थका लागि सडकका नालाहरुनै बाङ्गोटिङ्गो बनाउन थाले पछी पत्रकार राजवँशीले सो सडक बारे खबरदारी गर्दै भिडियो रिपोर्टिङ गरेका थिए ।

गौरीगञ्ज दर्पण डटकमको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट सो रिपोर्ट बिहिबार प्रसारण भएपछी फेसबुक लगायतका सामाजिक सञ्जालमा सो बाङ्गोटिङ्गो सडक र गौरीगञ्जका जनप्रतिनिधि हरुको निकै आलोचना भएको थियो । सामाजिक सञ्जालमा सो बाङ्गोटिङ्गो नाला र बाटोको फोटो भिडियो भाईरल र बाटो बनाउनेको आलोचना भएपछी शनिबार बिहान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष महतो सो सडक हेर्न गएका थिए ।

उनिहरु त्यहा पुगेपछि स्थानिय हरुले नाला र बाटोको कामको बिरोध गरेकाथिए । सोहि क्रममा गौरीगञ्ज दर्पण डटकमका सम्पादक राजवँशीले रिपोर्टिङका लागि भिडियो खिचिरहेको बेला वडाध्यक्ष महतोले क्यामेरा खोस्न खोजेका थिए । उनले गौरीगञ्ज दर्पणमा प्रसारण भएको भिडियो रिपोर्टको बिषयलाई लिएर उनले पत्रकार राजवँशीलाई गालि गलैज समेत गरेका छन् ।

गौरीगञ्ज वडा नँ ३ को बजार क्षेत्रमा गेउरिया पुल देखि नहरसम्म वडाध्यक्ष महतोकै अदुरदर्शिताका कारण लामो समयदेखि यो बाटो बिबादित वनेको छ । बिबाद सिर्जना भएको एक वर्ष पछी गत फागुन २४ गते नापि कार्यालय दमकको प्रतिनिधि ले सो सडक नक्सा अनुसार नापेर सिमा निर्धारण गरेका थिए ।

तर गत चैत देखि सो बिबादित खण्डमा नहर पश्चिम चोकसम्म काम शुरु गर्दा नापि कार्यलयको नापलाई समेत अटेरगरि वडाध्यक्ष महतो कै नेतृत्वमा बाँगोटिँगो नाला खन्ने थालिएको थियोे । नाला बाँगोटिँगो खन्न थालेपछी स्थानिय युवा निरज शर्मा ले बिरोध गर्दा उनलाई वडाध्यक्ष महतोले तिमि मान्छे उचाल्ने काम नगर भनि उल्टै हप्काएका थिए ।

शनिवार पनि रिपोर्टिङका क्रममा रहेका पत्रकार राजवँशीले सो बाटो किन बाँगोटिँगो वनाएको बारे कुरा उठाउदा वडाध्यक्ष महतो पत्रकार माथि जाईलागेका थिए । सो हुलाकी सडक को रतुवा देखि कमल खोला सम्मको १८ किमि सडक बनाउने ठेक्का गजुरमुखी मोरिदान जेभि कन्स्ट्रक्सन ले पाएको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments