Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौँ, १६ वैशाख २०७८ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार दिउँसो खेलकुद मन्त्रीमा नियुक्त गरेका मनाङेलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।

संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments