Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

वासिङ्टन, ७ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनमाथि दवाव सिर्जना गर्न परमाणु हतियारलाई बलियो बनाउनुपर्ने भन्दै चेतावनी दिएका छन् ।

रूसले १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फर्सेन्ज (आईएनएफ) सन्धि उल्लङ्घन गरेको दावी गर्दै पत्रकारसँगको एक कुराकानीमा राष्ट्रपति ट्रम्पले अमेरिका परमाणु हतियारमा बलियो हुनुपर्ने बताएका हुन्। ट्रम्पले लगाएको सन्धि उल्लङ्घनको आरोपलाई रुसले खण्डन गर्दै आएको छ ।

शीतयुद्ध चलिरहेका बेला भएको यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाएको थियो। साथै यस सन्धिलाई यूरोपका देशहरुमा सोभियत संघको खतरालाई कम गर्न लागु गरिएको थियो।

’रुसले अरु हतियार बनाउँछ भने हामी पनि त्यसको जवाफमा हतियार बताउँछौं’ ट्रम्पले धम्किपूर्ण भावमा पत्रकार समक्ष भने,’यो धम्की हो। यो धम्की जसलाई पनि हुनसक्छ। त्यो चीनलाई पनि हुनसक्छ, रुसलाई पनि हुन सक्छ। उनीहरु खेल खेल्न चहान्छन्। सम्झौता पालना गर्दैनन्।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments