Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

एजेन्सी,३ कात्तिक(एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन् ।

रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका छन् ।

रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझ्दारीका साथ अघि बढ्न चाहेको उनले बताएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग हिजो रुसमा भएको भेटवार्तापछि उनले यस्तो धारणा राखेको समाचारमा उललेख छ ।

रुस र चीनबीचका सबै साझा सहमति र समझ्दारीहरुको कार्यान्वयन भइरहेको बताउँदै उनले भने—हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको सम्वाद चाहन्छौँ र यसमार्फत थप समझ्दारीहरु विकसित हुदै जाउन भन्ने चाहन्छौँ ।

त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि चिनफिङप्रति धन्यवाद पनि ज्ञापन गरे ।
त्यस फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्धिपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझ्दारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गरेको याङले बताए ।
त्यस फोरममा सहभागिताका क्रममा उहाँहरुबीचको भेटका क्रममा दुई देशको आपसी विषयका साथै दुई देशले संयुक्त रुपमा गर्ने भनिएका उर्जा, कृषि, विज्ञान तथा प्रविधिजस्ता साझा आयोजनाको सशक्त कार्यान्वयनका बारेमा पनि कुराकानी भएको याङले जानकारी दिए ।

साथै त्यस अवसरमा आगामी वर्ष मनाउन लागिएको चीन रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments