Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

झापा, १० फागुन २०७७ । देशभर आज थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४४ महिला ८१ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ६ सय ८१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २१ लाख ४३ हजार ३ सय १५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६६ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा पाँचथर भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, अछाम र मुगु गरि ६ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ५ सय २९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ५ सय ४३ जना र संस्थागत आइसोलेसनमा ९ सय ९५ जना रहेका छन् ।
हालसम्म ४३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ११ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या २ हजार ६१ पुगेकोे मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments