Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

१ फाल्गुन २०७७ । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिला प्रजनन् क्षमतामा कुनै प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् ।

सामाजिक सञ्जालहरुमा कोरोनाको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा असर गर्ने दाबी गर्ने पोष्टहरु आइरहेका बेला विज्ञहरुले भने त्यस्तो कुनै असर फेला नपरेको जनाएका हुन् । फाइजरको खोपले प्रजनन् क्षमतामा असर पार्ने र बाँझोपन हुने सक्ने दाबी गर्दै नकारात्मक सन्देशहरु सामाजिक सन्जालमा पोष्ट भएका थिए ।

बेलायतको किंग्स कलेजकी प्राध्यापक लुसी चापेलले जैविक रुपमा महिलाको प्रजनन् क्षमतामा खोपले असर गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अरु भाइरसविरुद्धका खोपले पनि प्रजनन् क्षमता कुनै असर नपारेको, पूर्ण सुरक्षित रहेको र गर्भावस्थामा समयमा पनि प्रयोगका लागि सिफारिस भइरहेको बताउनुभयो ।

गर्भावस्थाको स्वास्थ्यसम्बन्धी विज्ञ रहेकी च्यापेलले प्रजनन् र कोरोना खोपको सम्बन्धबारे चासो राख्नु पर्ने विषय नभएको जनाउनुभयो । कोरानाविरुद्धको खोप अभियान चलिरहँदा खोपबारे गलत र भ्रमपूर्ण अफवाहहरु फैलिएका छन् । तर विज्ञहरुले भने यस्ता अफवाहको पछि लाग्न नहुने भन्दै कोरोना महामारी नियन्त्रणका लागि खोप नै उत्तम विकल्प रहेकोमा जोड दिएका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments