Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौँ, २१ पुष २०७७ । नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

झापाका एसपी कृष्ण प्रसाद कोइरालाको महानगरीय अपराध महाशाखा, काठमाडौँमा सरुवा हुँदा सानुराम भट्टराईलाई झापा सरुवा गरिएको छ। भट्टराई डिएसपी हुँदासम्म प्रम ओलीका पिएसओ थिए। चुनावको मिति घोषणा भएसँगै उनै भट्टराईलाई झापा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

झापाको प्रहरी प्रमुखमा भट्टराईको सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया