Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026
गौरादह, १६ असोज । कृषि क्याम्पस गौरादहको अनेरास्ववियू मुल इकाई समितिले मंगलबार शुभकामना आदान–प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभाका सभासद एवं पूर्व सांसद दीपक कार्कीले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरिएको सो कार्यक्रम क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी गौरादह झापाका नेता–कार्यकर्ताहरु तथा कृषि क्याम्पसमा अध्यानरत विद्यार्थी बीच नजिकिदै गरेका नेपालीहरुका महान चाड दशैं, तिहार र छैठको अवसर पारेर शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेताहरु मदन अधिकारी, योगराज दाहाल, पुष्प ढकाल, गीता भेट्वाल, हुकुम नेपाली, डण्डिराज घिमिरे, गांगा कार्की, मित्रदेव काफ्ले लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की, वार्ड अध्यक्षहरु बलराम खरेल, मणिन्द्र कार्की, भुमीराज पोखरेल, गजेन्द्र घिमिरे कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि तथा नेतृत्वहरु, देवी श्रेष्ठ, कपिलमणी काफ्ले, शेरबहादुर कार्की, लेखनाथ ताजपुरिया, डिल्लि रिजाल, राजन खनाल, अम्बिका दाहाल, अम्बिका काफ्ले, यामबहादुर कार्की, बेनु काफ्ले, नारायण घिमिरे, भरत फुयल, भगिरथ चौधरी, माधव भट्टराई, माधव दाहाल, दिलिप भण्डारी, क्रन्तिदिप काफ्ले, हरिश्चन्द्र अधिकारी, प्रकाश भट्टराई, असोक फुयल, खड्ग थापा, दीपक सुवेदी, गेपीनाथ धमला, मञ्जु पौडेल, शुशिला ढुंगाना, नरेश काकी, यादव अधिकारी, भिमबिजय बास्तोला,  जीवन पुरी लगाएतको उपस्थितिरहेको थियो ।
शुभकामना तथा परिचयात्मक त्यस कार्यक्रममा नेपाली कांग्रस पार्टी परित्याग गरी बिभिन्न संघसस्थामा आबद्ध अगुवा महिला निर्मला रिमाल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी स्रोतले बताएको छ । उनलाई प्रमुख अतिथि कार्की तथा अतिथिहरुले अबिर टीका र खादाले स्वागत सम्मान गरेका थिए ।
आयोजकको तर्फबाट इकाइ समिति सदस्य लक्ष्मी धमलाले मन्तब्यबाट स्वगत गरेको त्यस कार्यक्रममा आयोजक विद्यार्थीहरुले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।
अनेरास्ववियू मूल इकाई समिति गौरादह कृषि क्याम्पसका अध्यक्ष बिराज भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन इकाईका सचिव मनोज सापकोटाले गरेका थिए ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments