Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

भक्तपुर, ५असोज ५ । अरनिको राजमार्ग्स्थित सूर्यिविनायक नगरपालिका–९ बिहिवार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

भक्तपुरबाट काभ्रेको बनेपा जाँदै गरेको बा २ ख ९४५४ नम्बरको बससँग ठक्कर खाँदा र विपरीत दिशाबाट आइरहेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

चालक काभ्रे पनौती–९ सुनथानाका ३५ वर्षीय सुदर्शन तिमिल्सिना र चितवन घर भई हाल मध्यपुर थिमि ३ गट्ठाघर बस्ने १८ वर्षीया एलिसा अधिकारी दुर्घटनामा गम्भीर घाइते भएका थिए।

भक्तपुर अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घटनामा संलग्न बसका चालक काभ्रेस्थित बनेपाका ३३ वर्षीय सनम श्रेष्ठ फरार रहेको र सवारी साधन महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments