Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, २३ असोज २०७७ । नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोशाकहरुको दुरुपयोग भइरहेको भन्दै बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

विभिन्न चलचित्र, टेलिचलचित्र, छोटो फिल्म, प्रेङ्क भिडियो, सांगितिक भिडियो, टिकटिक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा प्रहरी प्रधान कार्यालय अन्तरको प्रहरी महानिरीक्षकको सचिवालयद्वारा विहीवार जारी प्रेस विज्ञप्तिमा पोशाकको दुरुपयोग प्रति प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवत्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार प्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको कारण खुलाई अनुमति लिनु पर्ने भनिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार इकाइको अनुमति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन सचेत गराइएको छ ।

प्रहरी प्रवत्ता कडायतले अनुमति वेगर यस्ता कार्य गरेको पाइएमा प्रचलीत कानून बमोजिम कानुनी कारवाही गर्ने जनाएका छन् ।

सामाजिक सन्जाल टिकटकमा प्रहरीको पोशाक प्रयोग गरेर भिडियो वनाउनेको संख्या बढीरहेका वेला प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति मार्फत सचेत गराएको हो । कतिपय स्थानमा प्रहरीले नै पोशाक लगाएर भिडियो बनाउँदा कारवाहीमा समेत परेका छन् ।

तपाईको प्रतिक्रिया