Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

गौरादह, २ असोज । सञ्चार क्लब गौरादहको आयोजनामा ‘पत्रकारिताको भाषा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभलक्ष्मी सहकारी संस्थाको सभाहलमा आज भएको सो कार्यक्रममा क्लबको कार्यसमिति, सल्लाहाकार समिति र गौरादहका संचार गृहहरुमा कार्यरत सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

अन्तरक्रिया कार्यक्रमको प्रमुख सहजकर्ताको भूमिकामा स्वतन्त्र पत्रकार केशव निरौला रहनुभएको थियो । नेपाली भाषा र पत्रकारिता विषयको प्राध्यापन समेत गर्दैरहनु भएका पत्रकार निरौलाले नेपाली भाषाको वर्णविन्यास, पत्रकारितामा नेपाली भाषाको प्रयोगमा देखिएका चुनौती लगायतका विषयबस्तुको बारेमा सहजिकरण गर्नुभएको थियो । वहाँले पत्रकारिता भाषा संरक्षणको महत्वपूर्ण माध्यम बन्न सक्नुपर्ने साथै पत्रकारहरुले अध्ययनमा विशेष ध्यान दिनुपर्र्नेे बताउनु भयो ।

अन्तरक्रियामा सहभागीहरुले क्लबले निरन्तर रुपमा सञ्चार कर्मीहरुको सीप, दक्षता र क्षमता विकासका बिभिन्न कार्यक्रमहरु आयोजना हुनुपर्ने सुझाएका थिए ।

पत्रकारिताको भाषा विषयक अन्तरक्रियाको औचित्यको बारेमा क्लबका सल्लाहाकार तथा अनलाइन विचारका सम्पादक  डण्डिराज(विवेक) घिमिरेले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम सञ्चार क्लबका उपाध्यक्ष सन्तोष विष्टको सभापतित्व र सचिव सान नेपालको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया