Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

झापा, २३ असार २०७७ । झापाको दमकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा नं. २ का अन्दाजी ४० वर्षिय मित्र डाँगीको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो।

कमल गाउँपालिका-१ ढ्याङग्री निवासी मित्र डाँगीको निर्माण भइरहेको आफ्नै घरमा पानी लगाउने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लिक भएर मृत्यु भएको कमल गाउँपालिका वार्ड नं.१ वडा सदस्य तथा मृतकका छिमेकी भिस्मराज सुवेदीले जानकारी दिए । डाँगीको करेन्ट लागेर घट्ना स्थलमा नै मृत्यु भएको हो ।

मृतक डाँगीको एक श्रीमती, छोरा र छोरी रहेको जनाइएको छ । शवलाई आज नै नजिकको कमल खोलामा लगेर दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया