Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

झापा, १५ असार २०७७ । सरकारले सीमा सुरक्षाका लागि थप ८९ वटा स्थानमा बीओपी राख्ने तयारी गरेको छ । प्रदेश १ मा ३० वटा र झापामा मात्रै ९ स्थानमा बीओपी थप हुने गृह मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगर – ५ नकलबन्दामा बीओपी तिरिङ, मेनपा –७ ज्यामिरगढीमा बिओपी नकलबन्दा, भद्रपुर –४ मा बिओपी ज्यामिरगढी, गौरीगञ्जमा बिओपि पन्थपाडा, मेनपा –१ तिरिङमा बिओपि आमगाछी, मेनपा –६ मा नेपाल बिओपि काँकडभिट्टा थप गरिने गृहले जनाएको छ । यस्तै झापामा थप हुने बिओपि भद्रपुर र डाँगिबारी, बिओपि महेशपुर र किचकबध, बिओपि कचनकवलका लागि जग्गा खोज्ने कार्य भईरहेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् ।

तपाईको प्रतिक्रिया