Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

अनलाइनविचार
काठमाडौं,५ जेठ २०७७ । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९६ हजार नाघेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म ९६ हजार एक सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन भेटिएका कोरोना भाइरसको संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

गुजरातमा अहिलेसम्म ११ हजार तीन सय ७९ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ५९ पुगेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म ११ हजार दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ७८ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ४८ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार ६ सय ७७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार दुई सय ५९ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय चार जनाको मृत्यु भएको छ । बिहारमा एक हजार दुई सय ६२ संक्रमित पुग्दा आठ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा ३६ हजार आठ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया