Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

पर्सा, ३१ वैशाख । दुई जना कोरोनाभाइरस संक्रमित फरार भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार भएका हुन् ।

अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र जफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ ।

पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया