Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २६ वैशाख । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडी धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको छ ।प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जान पनि नमानिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका छन् ।

अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहको छन्ए । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेपनि हट्न मानिरहेका छैनन् ।

करिब २० जनाभन्दा बढी रहेका उनीहरु वी वान्ट टू गो ब्याक होम लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी धर्ना बसिरहेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments