Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

४ बैशाख २०७७ बिहिबार

झगेन्द्र खड्का
गौरीगंज । गौरादह नगरपालिका वडा नं -८ भुडेसिमलमा संचालनमा रहेको कन्काई ह्याचरीको कुखुराको चल्ला बोकेको गाडीलाई स्थानीय बासिन्दाले अबरोध पुर्याएका छन्।

ह्याचरी स्थापना भएपछि गाउँमा उद्योगको लापरबाहीले दुर्गन्ध फैलिएर झिंगा भन्किएको भन्दै कुखुराको चल्ला बोकेको गाडीलाई स्थानिय बासिन्दाले फर्मको गेटमा अवरोध पुर्याएका छन्।

कन्काई ह्याचरीले उत्पादन गरेका कुखुराका चल्ला बेच्न गाडीमा लोड गरिएको अवस्थामा स्थानीय बासिन्दाले अबरोध पुर्याउदै गाउँमा दुर्गन्ध फैलिई वातावरण प्रदुषण बनी झिंगा भन्कदा समेत किटनाशक औषधि तथा फिनेल नछर्किएको भन्दै स्थानिय बासिन्दाले फर्मको गेटमा गाडी रोकेर अवरोध पुर्याएका हुन्।

कुखुराको चल्ला उत्पादन गरेर बिक्री गर्ने उदेश्यले संचालन गरिएको ह्याचरी उद्योगले गाउँ दुर्गन्ध बनेपछि फर्म मालिकलाई जानकारी गराउदा कुराको सुनुवाइ नभएपछि उद्योगको गाडी रोक्न बाध्य भएको स्थानिय बासिन्दाले बताएका छन्।

गाउँलेको पीडा पटक पटक उद्योगमा जानकारी गराउदा समेत दुर्गन्ध घटाउने तथा औषधि, फिनाईल छिट्ने काम नगरेर प्रहरी बोलाई गाउँलेहरुलाई अपमान गरेको स्थानीयले बताए। गाउँलेहरुको माग सम्बोधन नभए गाडी चल्न नदिने अडान राखेका छन।कोरोना भाईरसकोे संक्रमण फैलिरहेकोे समयमा फर्मको गाडी चल्ला बोकेर विभिन्न प्रदेश र स्थानमा आउजाउ गरिरहेकाले गाउँवासीहरु त्रसित भएकोे स्थानियको भनाई छ ।

सवारी साधन ओहोरदोहोर गर्दा सवारी चालक र सहचालकबाट कोरोना भाईरसको संक्रमण फैलन सक्ने भएकोले गाउँवासी जोखिममा रहेको उनीहरुको भनाई छ ।

उद्योगको दुर्गन्ध र प्रदुषणले मानव शरिर तथा चौपायहरुको स्वास्थ्यमा समेत गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै स्थानियहरूले चिन्ता व्यक्त गरेका छन्। उद्योगको चल्ला बोकेर मोरङको बेलवारी लान तयार परिएको गाढी स्थानीयले ढाट तेर्साएर रोकेको ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराईले जानकारी गराए।कन्काई ह्याचरी फर्मका सञ्चालक कमल सिवाकोटीले फर्मबाट निस्कने दुर्गन्धप्रति आफू अत्यन्तै गम्भीर भएको बताए ।

उद्योगको सरसफाईमा २४ घण्टा लागेको र नेपाल सरकारले लगाएको लकडाउनका कारण सरसफाई गर्न चाहिने जति औषधि बजारमा नपाएको साथै फिनाईल पनि नपाएकोले सरसफाई हुन नसकेको सञ्चालक शिवाकोटी स्वीकार गरे ।

पंशुपञ्छी जन्य चिजवस्तुहरू लकडाउनका बेला पनि बेचविखन गर्न पाउने नेपाल सरकारको निर्णय बमोजिम सावारी साधनको चालक र सवारी साधनलाई सेनिटाईजिङ्ग गरि पिपिई सहित सावधानी पुर्वक चल्ला बेचविखन गर्ने गरेको उनले दावी गरे। उद्योगबाट उत्पादित चल्ला प्रदेश नं-१ र २ का बिभिन्न शहरमा बिक्रीका लागि लाने गरेको र हप्तामा ४० हजार देखि ५० हजार चल्ला बजारमा बेच्ने गरेको उनले बताए ।एक पटक मात्र रोकिदा १२ लाख रूपैयाँ बराबरको नोक्सानि हुने जानकारी गराए।

तपाईको प्रतिक्रिया