Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

भीष्म थापा

नेपाली राजनीतिमा केही सीमित पात्र छन् जसले इतिहासका हरेक पानाबाट आफूलाई जोगाउँदै एकपछि अर्को अध्याय लेख्न सफल भएका छन् । यस्तै एउटा पात्र हुन, प्रचण्ड । जसले दायाँ, बायाँ, माथि र तल, चौतर्फीरुपमा चलेको आँधीलाई छिचोल्दै हरेक मोर्चामा सफलता प्राप्त भएका छन् ।

इतिहासमा कैयौं निर्मम पलहरु ब्यहोरे प्रचण्डले । सम्भवतः उपनाम राख्ने चलन चलेको बेला उनले निकै सोचेरै यो नाम राखेका हुनुपर्छ । प्रचण्ड अर्थात् एउटा वेग र गति । र, यही नाम अनुरुप नै उनी सधैं अग्रमोर्चामा देखिए । अग्रमोर्चामा प्रचण्ड गतिका साथ ।

मोहन वैद्यले आफ्नो नेतृत्व कायम राख्न नसकेको बेला उदाएका थिए प्रचण्ड । मोहनबिक्रम अर्का प्रचण्ड थिए त्यो बेला । खासगरी सैद्धान्तिक बहसका लागि मोहनबिक्रम उग्र थिए । शब्दवाणहरु निकै चल्थे उनका । मोटो मशाल र पातलो मसालबीचको विवाद कायम थियो । पाँचौ महाधिवेशनका बारेमा दुबैपक्षबीच चर्को बहस थियो । यही बीचमा सेक्टर काण्ड घटेपछि प्रचण्डले माओवादी आन्दोलनको कमान लिए ।

र, यो कमानमा उनको कमाण्ड दरिलै देखियो । एकपछि अर्को गर्दै शक्ति बटुल्दै गए उनी । एकता केन्द्रसँगको एकता अर्को यस्तै ‘माइलस्टोन’ थियो । पातलो मसाल झन(झन पातलिँदै थियो र मोटो मशाल २०५१ सम्म आइपुग्दा नेपालमा पहिलोपटक सशस्त्र संघर्ष गर्ने निर्णयसम्म आइपुगेको थियो ।

, २०५२ सालमा एउटा नयाँ वेगका साथ प्रचण्ड देखा परे । यो एउटा दुस्साहस थियो । रोमान्टिसिज्म अर्को अर्थमा । अहिले प्रचण्ड आफैले यो कुरा स्वीकार्छन् । तर त्यो रोमान्टिसिज्मभित्र निकै ठूलो खतरा थियो । जीवनको खतरा, आन्दोलन समाप्त हुने खतरा । सबै सिद्दिने खतरा ।
र, यो खतरा मोल्नु चानचुने कुरा थिए । बस्तुगत र आत्मगत परिस्थिति तयार नभएको भन्दै मोहनबिक्रमहरुले बहस झेडिरहेको बेला परिस्थिति आफूले निर्माण पनि गर्न सकिन्छ भन्ने आँटका साथ जनयुद्धको नेतृत्व गरे प्रचण्डले ।

जनयुद्ध सञ्चालन गर्नु त्यति सहज थिएन । चौतर्फ आक्रमण, कतैबाट सहयोग छैन । अन्तर्रा्ष्ट्रियरुपमा बलियो पूँजिवाद । छिमेकमा ओवादप्रति अत्यन्तै असहिष्णु भारत र चीन । कैयन संकटहरु आएलागे यो बीचमा । आज हो कि भोली जस्तो पनि भयो । तर पचास नपुगेको एकजना युवकले यहीबीचमा प्राधिकारमूलक पार्टी सञ्चालन गर्न सम्भव भए ।

र, त्यही क्रममा माओवादी शान्ति प्रक्रियामा आइपुग्यो । सशस्त्र संघर्षमा होमिएको शक्ति बिना रक्तपात आफ्नो बार्गे्निङ पावर कायमै राखेर शान्तिपूर्ण राजनीतिमा समेत वर्चश्वशाली भूमिका देखापर्नु विश्वकै लागि नमूना थियो । विश्वमा या त विद्रोहीहरुले जितेका छन्, या निर्मम हार र नरसंहार झेलेका छन् या पूर्णरुपमा बिरोधीको विचार र सत्तासँग आत्मसमर्पण गरेका छन् ।

तर प्रचण्डकै करामत भनौं, शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्डहरुले बहुमत प्राप्त गरे । त्यसपछि दोश्रो संविधानसभासम्म आइपुग्दा संख्यात्मकरुपमा कमजोर भएपनि एजेण्डा उनीहरु वरिपरि नै घुमे । अझ भनौं पछिल्लो ३० वर्षयताको सिँगो राजनीति प्रचण्ड वरिपरि घुम्यो । संविधान बन्नुअघि र पछि पनि । राजनीतिका हरेक जटिल कालखण्डमा प्रचण्ड नै निर्णायक बने ।

१६ बुँदे समझदारीबाट संविधान बनेजस्तै संविधानको कार्यान्वयनमा उनले एमालेसँगको सम्बन्धविच्छेददेखि कांग्रेससँग मिलेर निर्वाचन गर्न सफल हुनु र त्यसपछि नयाँ संविधान कार्यान्वयन गरी समाजवादतर्फ देशलाई लैजान कांग्रेससँग सम्बन्धविच्छेद गरेर पार्टी एकतासम्म आइपुग्नु चानचुने घटना थिएन ।

यो गति थियो । प्रचण्ड गति । जसले यथास्थितिमा टिक्नै दिँदैन प्रचण्डलाई । चुपचाप बस्न दिँदैन । अग्रगमन, अग्रगमन र अग्रगमन, एउटा वेग, एउटा गति र, यो गतिको रथलाई सम्हाल्दै उनी अहिले एकीकृत पार्टीको शक्तिशाली अध्यक्ष बनेका छन् । प्रचण्डका अगाडि अब भने मुख्यतः तीनवटा कार्यभार देखिन्छन् ।

पहिलो, एकीकृत पार्टीलाई क्रान्तिकारीपना दिने, जुझारु संगठनको रुपमा विकास गर्ने र क्रान्तिकारी विचारलाई मर्न नदिएर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने । पार्टी्भित्र देखिएको चरम पूँजिवादी र संसदीय संस्कृतिलाई अन्त्य गर्दै सकेसम्म रुपान्तरण गर्ने चुनौती उनको पहिलो कार्यभार हो ।

दोश्रो, एकीकृत पार्टीमार्फत देशलाई सही अर्थमा समाजवादी समाजको निर्माणको आधार तयार पार्ने गरी सरकारलाई निर्दे्शित गर्ने । लाखौंलाख कार्यकर्ता र सरकारको सम्मिश्रणबाट समाजवादी अर्थनीति, समाजवादी संस्कृति, राजनीतिको विकास गर्ने योजनाकारको अभिभारा उनका अगाडि छ । सरकारको नेतृत्व आफूले गरेपनि या नगरेपनि क्षेत्रीय सन्तुलन कायम राख्दै विकास र सामाजिक न्यायका माध्यमबाट समाजवादको आधार तयार गर्ने मुख्य भूमिका उनले निर्वाह गर्ने देखिन्छ ।

तेश्रो, विगतमा खासगरी सशस्त्र संघर्षको समयमा देशलाई यहाँसम्म ल्याइपु¥याउन अथक योगदान दिएका हजारौं कार्यकर्ता, घाइते, वेपत्ता र शहीद परिवारको व्यवस्थापन उनको अर्को चुनौती देखिन्छ । अहिले पनि हजारौं कार्यकर्ताले उनीबाट केही हुने आशा राखेका छन् । जे गरे पनि प्रचण्डले गर्छ भन्ने उनीहरुलाई लागेको छ ।

र, प्रचण्ड यो दिशामा पनि सफल हुनेमा शंका देखिन्न । पार्टी एकता हुँदा अब प्रचण्डको राजनीति सिद्दियो भन्नेहरु नदेखिएका होइनन् । तर पार्टी एकतापछिका समय हेर्दै जाँदा पूर्व एमाले पंक्तिभित्र प्रचण्डको कमाण्ड झनै बलियो हुँदै गएको देखिन्छ । वैचारिकरुपमा क्रान्तिकारी सोंच राख्नेदेखि अध्यक्ष ओलीको बलियो समूहगत कमाण्ड मन पराउने सबैका लागि महाधिवेशनपछि अबको एकमात्र शक्तिशाली अध्यक्ष प्रचण्ड नै हुन भन्ने मनोविज्ञान बढेर गएको छ ।

सरकार सञ्चालनको सवालमा समेत कतिपय अवस्थामा प्रचण्डको विचार के त ? प्रचण्डले के सोचेका छन् भन्ने आम जनमानसमा परिरहेको बेला सरकारलाई सफल बनाउन समेत प्रचण्डको भूमिका महत्वपूर्ण देखिन्छ । यसको सोझो असर पार्टी्भित्रको समीकरणमा समेत पर्ने स्पष्ट छ ।

व्यक्तिगतरुपमा प्रचण्डले धेरै गुमाएका छन् । न त उनले व्यक्तिगत जीवन बाँच्न नै पाएका छन् । एउटा भागदौड, एउटा अस्तव्यस्तता, तनाव चौतर्फी । तर, सामूहिकरुपमा भने उनले यसको प्रतिफल एउटा माहौल पाएका छन् । सकारात्मक माहौल । कुशल नेतृत्व को पदवी । र, यही कुरा एकीकृत कम्युनिष्ट पार्टीमा खडकिएको विषय पनि हो ।

पूर्व एमालेभित्रको चरम गुटबन्दीले पनि प्रचण्डको नेतृत्वको माग गरेको छ । अब एउटा नेता होस, एउटा निर्णायक, वैचारिक, कमाण्ड गर्न सक्ने, गुट र समूहभन्दा पर रहने र साँच्चिकै व्यक्तिगत या समूहगत स्वार्थ भन्दा देश र पार्टीका लागि केही गर्न खोज्ने र गर्न सक्ने नेता चाहिएको छ भन्ने मनोविज्ञान बोकेका पूर्व एमाले र माओवादी केन्द्रका कार्यकर्ताका लागि प्रचण्ड नै त्यस्तो व्यक्ति बनेका छन् ।

पार्टी एकता हुँदा कतिपयलाई अस्वभाविक र नराम्रो लागेको थियो । खासगरी नेकपा माओवादी केन्द्रभित्र । तर त्यही निर्णयका कारण अहिले वामपन्थीहरुको दुई तिहाईको सरकार बन्न सकेको छ । देशमा समाजवादको बहस सुरु भएको छ । हामी कम्युनिष्ट, हामी वामपन्थी, गरिब किसानको पक्षमा काम गर्ने पार्टी भन्ने भावना घनिभूत हुन सकेको छ ।

यदि त्यसो नभएको भए ? त्यो कल्पना गरेपछि प्रचण्डप्रति झनै सम्मान बढेर आउँछ । यो कुराले समेत प्रचण्डको उचाईं झनै बढेर गएको छ । र, यो निर्णय सम्भव हुनमा यही दूरदर्शिता बुझेर तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसरी निर्णय गरे, त्यो झनै प्रशसंनीय र उच्च महत्वको रहेको छ ।

त्यसैले अहिले नेकपा भित्रको मनोविज्ञान प्रधानमन्त्री तथा अध्यक्ष ओली र प्रचण्ड वरिपरि केन्द्रीत छ । व्यक्तिगत लाभ र स्वार्थ नबोकेका दुबै नेताबीचको केमिष्ट्रि त्यही भएर आकाशिएको छ । र, भविष्यमा केपी ओलीको बिरासत समेत प्रचण्डमा स्थानान्तरित हुने अवस्थामा शक्तिशाली कम्युनिष्ट पार्टीलाई फेरी वेगसित हाँक्ने अवस्थामा प्रचण्ड हुनेछन् ।खबरडबलीबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments