Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरादह, २६ फागुन । विश्वभर कोरोना भाइरस अर्थात (कोभिड-१९) को डर फैलिरहेको बेला गौरादह जेसिजले सोमबार(आज) कोरोना भाइरस सम्बन्धि चेतनामुलक सन्देश अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

गौरादह जेसिजले आयोजना गरेको कार्यक्रममा स्कुलचौन, ग्वालडुब्बा र बैगुन्धुरा का स्थानीयबासीहरुलाई कोरोना भाइरसबारे सचेतना जगाउँदै ३ सय ६५ वटा निःशुल्क मास्क समेत वितरण गरिएको गौरादह जेसिजका अध्यक्ष तारा कुमार श्रेष्ठले जानकारी दिएका छन् । स्थानीयबासीहरुमा मनोवैज्ञानिक त्रास बढिरहेको बेला स्वास्थ्य प्रति सचेत रहन प्रति व्यक्ति एउटा मास्क वितरण गरिएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सर्वसाधारणहरुमा कोरोना भाइरसको बारेमा जनचेतना जगाउन कोरोना भाइरस के हो ? यो कसरी सर्दछ ? यसका लक्षण र बच्ने उपायका बारेमा चेतना जगाउने खाल्का ब्यानरहरु बोकेर जनचेतना जगाउने कार्यहरु गरिएको थियो । कार्यक्रममा कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै सरसफाई मा विशेष ध्यान दिने, मास्क लगाउने, भिडभाडमा नजाने, लामो समय सम्म रुघाखोकी लागेमा नजिकैको स्वाथ्स्य चौकीमा जान आग्रह गरिएको थियो । कोरोना भाइरस बारे सचेतना वृद्धिका लागि माक्स वितरण गरिएको गौरादह जेसिज अध्यक्ष तारा कुमार श्रेष्ठले बताएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया