Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ७ फागुन । चीनको हुवेइ प्रान्तबाट उद्धार गरी आइतबार बिहान नेपाल ल्याइएका १७५ जनामै कोरोना भाइरस (कोभिड(१९)को संक्रमण नेगेटिभ रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएको र्‍यालको नमुनाको परिक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो।

उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले हाललाई कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताउँदै अब फेरी १४ दिन पछि सबैबाट पुनः नमुना संकलन गरेर परिक्षण गरिने बताएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया