Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठ्माडौं, ३ फागुन । कोरोना भाइरसको उद्मगस्थल चीनको हुवेई प्रान्तको वुहान र आसपासका क्षेत्रबाट नेपालीहरु उद्धार प्रक्रिया सुरु भएको छ । नेपाली समय ४ बजेर १ मिनेट नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडेको छ । जहाज काठमाडौँबाट उडेको ३ घण्टा ३६ मिनेटमा वुहान पुग्नेछ ।

उद्धारको पर्खाइमा रहेका नेपालीहरु अहिले वुहान एयरपोर्टमा जम्मा भइसकेका छन्। वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ। विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।कान्तिपुर

तपाईको प्रतिक्रिया