Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

गौरादह,  १७  असोज  ।  गौरादह -२ हाँसखोरा स्थित सिद्वेश्वर शिवालय मन्दिरको ५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । मन्दिर प्राङ्गणमा सम्पन्न साधारणसभामा मन्दिरका अध्यक्ष तथा कार्यक्रमका सभापति शिवलाल पौडेलले मन्दिरको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। लेखा संयोजक उत्तम बस्नेतले मन्दिरको आम्दानी २ लाख २७ हजार ४ सय ९४ र खर्च २ लाख २३ हजार ७ सय ४९ रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

त्यस अबसरमा वडा नं २ का वडाध्यक्ष हेमन्त कार्की कासाथै ५ जना आजिवन सदस्यहरूलाई सम्मान गरिएको थियो।
साधारण सभाको अवसर पारेर नारायण प्रसाद काफ्लेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत चयन गरेको छ। नब गठित समितिको उपाध्यक्षमा देबि माया बिष्ट, सचिबमा शंकर कट्टेल, सह सचिबमा पर्शुराम चम्लागाँई, र कोषाध्यक्षमा टेक बहादुर बिष्ट लगायत १२ सदस्य रहेका छन। साधारणसभाले धन बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्बसम्मत चयन गरेको छ। सोहि साधारणसभाले स्थानिय काँसिनाथ रिजाललाई मन्दिरको पुजारीमा नियुक्ति गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले कार्यक्रमको उद्घाटन गर्दै नगरपालिका भित्र रहेका धार्मिक संस्था मठ मन्दिर लगायत सार्बजनिक सम्पत्तिको संरक्षण गर्दै त्यस क्षेत्रमा सहयोग गर्न स्थानिय सरकार सकरात्मक रहेको धारणा राखेका थिए।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारी,मन्दिरका जग्गादाता प्रेम बहादुर खड्का,मन्दिरका सल्लाहकार संयोजक पुष्प ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।मन्दिरका हरि किर्तन मन्डलि अध्यक्ष मेनुका काफ्लेले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब नारायण प्रसाद काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments