Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठ्माडौं,  २६  भदौ  ।  नेपालीहरुका लागि मलेसियामा रोजगारीको बाटो खुल्ने भएको छ । ‘शून्य’ लागतमा नेपालबाट नयाँ कामदारहरु मलेसिया जान पाउने भएको हो।

कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने समझदारी नेपाल र मलेसिया दुई दशेबीच भएको छ । मलेसियाको क्वाललम्पुरमा नेपाल र मलेसियाका उच्च अधिकारीबीच तीन दिनसम्म संयुक्त कार्यदलको बैठक चलेको थियो । बठैकमा रोजगारी लैजाने सहमती भएको छ । उक्त सहमतीमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

मलेसियाको रोजगार १५ महिनादेखि बन्द रहेको थियो । बन्द रहेको मलेसियाको रोजगार अब भने खुला गर्न सहमति भएको हो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments