Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं,  २४  भदौ  ।  नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको जानकारी दिए।

आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावलाई मनन गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्यमा दुई रुपैयाँ घटाई नयाँ खुद्रा मूल्य कायम गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ।

अब पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ९५ कायम गरिएको छ। स्वचालित मूल्य प्रणाली लागू भएपछि २५ पटक मूल्य घटेको छ भने १८ पटक बढ्ने गरी समायोजन गरिएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments