गौरादह, २३ भदौ । नमस्ते बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सामुदायीक भवन गौरादहको सभाहलमा संचालन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति निर्मल बाँस्तोलाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको प्रतिबेदनमा यस बर्ष बाट वृद्व सेयर सदस्यहरूलाई १ हजार बराबरको खाता निशुल्क खोलिदिने र ५ बर्ष पछि ५० प्रतिशत थप गरि फिर्ता गर्ने भएको छ ।सहकारी नियमावलि अनुसार नियमावलि परिवर्तन गर्ने र सेयर सदस्य अवलोकन भ्रमणलाई निरन्तरता दिने प्रतिवेदनमा राखिएको छ ।
अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाको कुल सेयर पुजी १० करोड १४ लाख र आम्दानी १ करोड ६७ लाख रहेको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।त्यसअवसरमा ७० बर्ष माथिका २१ जना जेष्ठ सेयर सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
साधारणसभामा उत्कृष्ट बचत कर्ता १९ जना ,बाल बचत ६ जना ,शैक्षिक पुररस्कार २ जना संचालक तर्फबाट यज्ञ प्रसाद खनाल र कर्मचारि तर्फ मनमाया आचार्यलाई पुरस्कृत गरिएको थियो । संस्थाका जेष्ठ सदस्य खड्ग बहादुर कार्की को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस अबसरमा वडा नं ३ का वडाध्यक्ष गजेन्द्र घिमिरे,अतिथि प्रेम दंगाल , एफ.एम.प्लस गौरादहका युवराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको संस्थाका कार्यलय प्रमुख ददिराम घिमिरेले जानकारि गराए । उपाध्यक्ष पुन्य प्रसाद सिग्देलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सदस्य कर्ण बहादुर देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।






