Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठ्माडौं,  २०  भदौ  ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि चाहिने खसीबोका ल्याउन प्रक्रिया शुरु गरेको छ । कम्पनीले यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने गरी तयारी गरेको छ ।

२०७६ सालको बडादसैँका लागि जिउँदो खसी बोका तथा च्याङ्ग्रा काठमाडौँसम्म ढुवानी गर्न इच्छुकलाई बोलपत्र आव्हान पेश गर्न सूचना जारी गरेको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएका र गत वर्षको कर चुक्ता गरेको कम्पनी तथा फर्मले मात्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न व्यापार कम्पनीले भनेको छ ।

म्याग्दीको बेनीबाट २ हजार च्याङ्ग्रा, हेटौडा र विरगंजबाट ५ सय वटा खसी बोका, दाङ घोराहीबाट ५ सय वटा खसीबोका काठमाडौसम्म ल्याउनुपर्ने भएकाले सोही अनुसार गर्न सक्ने कम्पनी वा फर्मले आव्हानपत्र पेश गर्नुपर्ने व्यापार कमपनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments