Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

झगेन्द्र खड्का
गौरादह,  १४  साउन  ।  स्थानीय तहमा जनप्रतिनिधिहरुको न्यायिक समिति बने संगैै सम्बन्ध विच्छेदका उजुरीहरु बढेका छन् । विगत बर्षहरुमा अन्य मुद्धाहरु आएपनि सम्बन्ध विच्छेदका मुद्धाहरु आएका थिएनन् । इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा छलफलका लागि जाने मुद्धाहरु जनप्रतिनिधिहरु निर्बाचित भएपछि स्थानीय तहमा आउने गरेका हुन् । गौरादह नगरपालिका भित्र गत आर्थिक बर्षमा पारपाचुकेका ६ वटा मुद्धाहरु आएका थिए । न्यायिक समितिमा भएको अभिलेख अनुसार ६ वटै मुद्धाहरुमा दुबै पक्षलाई बोलाई छलफल गराई अदालत पठाइएको न्यायिक समिति संयोजक गिता भेट्वालले जानकारी गराइन ।

आर्थिक वर्ष ०७५/०७६ मा गौरादह नगरपालिकामा ८४ वटा उजुरीहरु न्यायिक समितिमा दर्ता भएका थिए । न्यायिक समिति संयोजक भेट्वालका अनुसार ८४ वटा मुद्धा मध्ये ५५ वटा मुद्धा किनारा लगाईएको ६ वटा अदालत पठाइएको र २३ वटा प्रकृयामा रहेको जानकारी गराइन् । उनका अनुसार गत आर्थिक बर्षमा कानुनी सल्लाहाकार र उजुरी प्रशासक नभएकाले समितिलाई न्याय सम्पादनमा केही कठिनाइ भएतापनि समितिले मेहनतका साथ दुबै पक्षलाई चित्त बुझ्दो ढंगले कार्यसम्पादन गरेको बताइन । यस आर्थिक बर्षमा कानुनी सल्लाहाकार वा उजुरी प्रशासक नियुक्ति गरी न्याय सम्पादनमा थप सहजता ल्यइनेमा उनले जोड दिइन ।

नगरपालिकाको न्यायिक समिति मातहतको वडा स्तरीय मेलमिलाप केन्द्रमा गाउँघरमा हुनेगरेका बिवादहरुलाई मिलाउने गरिन्छ । मेलमिलाप केन्द्रबाट सामाधान हुन नसकेका उजुरीहरु मात्र नगरपालिकाको न्यायिक समितिमा दर्ताहुने गरेका छन् । न्यायिक समितिमा सम्बन्ध बिच्छेदका साथै जग्गा साँधसिमना किचलो, घरेलु हिंसा, महिला हिंसा, अंश मुद्धा, लेनदेन लगाएतका उजुरीहरु आउने गरेका छन् । स्थानीय स्तरमा न्यायिक समितिबाटै न्याय सम्पादन हुनथालेपछि सर्बसाधारणको समेत न्यायमा पहुँच पुगेको स्थानीयहरु बताउछन् ।

गौरादह नगरपालिकाको न्यायिक समितिले न्याय सम्बन्धिका निकायहरुलाई परिचालन गर्दै न्याय सम्पादनको कार्य गर्ने क्रममा केही मुद्धाहरुलाई अदालत पठाएपनि धेरैजसो मुद्धाहरु न्यायिक समितिको कार्यालयमै सामाधन गरेको न्यायिक समिति सदस्य गजेन्द्र घिमिरे बताउछन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments