Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

झापा, १३ साउन । जग्गा प्लटिङमा राखेको पानी तान्ने मोटरको नांगो तारमा परी करेन्ट लाग्दा झापामा एक युवकको मृत्यु भएको छ।

कन्काई नगरपालिका सेल्फीडाँडा-२ का १९ वर्षीय सोम किस्कुको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

सोही स्थानका टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा पानी तान्ने मोटरको नांगो तारमा परी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ।

बिहान ८ बजे करेन्ट लागेर सख्त घाइते भएका किस्कुलाई उपचारको लागि विर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया