Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  १२  साउन  ।  नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन् । श्रेष्ठले आज बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए ।

पछिल्ले समय अख्तियारले छानविनका क्रममा बोलाएपछि तनावमा रहेका श्रेष्ठले अन्तत आज सिटी सेन्टरबाट हाम फालेर ‘आत्महत्या’गरेका छन् । अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन । श्रेष्ठ लायन्स क्लव अफ डिष्ट्रिक ३२० बी वानको पूर्वगभर्नरसमेत हुन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments