काठ्माडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले भदौ महिनाभित्र आफ्नो सम्पति विवरण बुझाउनुपर्ने भएको छ।
आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने भएकोले राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्पति विवरण बुझाउन त्रिविले मातहतका सबै निकायलाई अनुरोध गरेको हो।
भदौ २२ गतेभित्र सम्पति विवरण भरिसक्न र सो को जानकारी त्रिवि कर्मचारी प्रशासन महाशाखामा पठाउन केन्द्रीय कार्यलयबाहेकका क्याम्पस र विभागलाई त्रिविले सूचना निकालेर जानकारी गराएको हो।






