Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौं, ९  असार  ।   प्रयोगशालामा कार्यरत कर्मचारीले अब जोखिन भत्ता पाउने भएका छन् ।

जोखिम भत्ता व्यवस्थापन निर्देशिका, २०७२ को दफा ५ (क) बमोजिम जोखिम भत्ता पाउने व्यवस्था गरिएको हो ।

आवद्ध कार्यालयकै विनियोजित बजेटबाट प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

विभिन्न रसायन, विकीरणयुक्त पदार्थ, जीवाणु स्वास्थ्यलाई प्रतिकुल असर पार्ने बैज्ञानिक उपकरणहरुमा कार्यरत रहदा विभिन्न प्रकारको शारीरिक एवं स्वास्थ्य सम्बन्धी हानी नोक्सानी हुने भएकाले जोखिम भत्ताको व्यवस्था गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै कर्मचारीले पाउँदै आएको महंगी भत्ता, पोशाक भत्ता र स्थानीय भत्ता बाहेक सबै भत्ताहरु खारेज गर्ने र प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउँने सरकारले निणर्य गरेको हो । अब प्रयोगशालामा कार्यरत कर्मचारीले सुरुको स्केलको तलबको २५ प्रतिशत भत्ता पाउने छन् । निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया