Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

झगेन्द्र खड्का
गौरादह, ६  असार  ।  झापाको दक्षिणि क्षेत्रका गाउँघरमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । भुस्याहा कुकुरहरुको संख्या वृद्धि हुँदै जाँदा गाउँघरमा पशुपंक्षीमा क्षति पुर्याउँदा गाउँमा आतंक फैलिएको छ । कुकुरहरुको संख्या हुल बाँधेर गाउँ घर तथा सडकमा हिंड्दा मानिसहरुलाई समेत झम्टने गरेका छन् । गाउँघरमा भुस्याहा कुकुरहरुको संख्या वृद्धिभई गाउँमा आतंक फैलाउँदा समेत नियमनकारी निकाय भने मौन छ । स्थानीय सरकारले समेत खासै चासो देखाएको पाईंदैन ।

विगत लामो समयदेखि गाउँघरमा पालिएका कुखुरा, खसि, बाख्रा, गाईका बाच्छाहरु कुकुरले मार्ने गरेको छ । गाउँलेहरुले चरनका लागि खेतमा बाँधिएका चौपायहरु दिउँसो पानी खुवाउन जाँदा मरेको वा घाइते अवस्थामा भेटेका छन् । गौरादह–२ र ३ निवासी गोपिनाथ तिम्सिना र ज्ञानु कार्कीको फर्ममा पालिएका बोइलर जातका कुखुराहरुलाई ठूलो मात्रामा कुकुरले मारेर क्षति पुर्याएको छ ।

बिहिबार राति गौरादह ३ का ज्ञानु कार्कीको कुखुराको फर्म बाट १ सय १० वटा कुखुरा मारेको छ । कार्कीले फर्ममा ३ सय वटा कुखुरा लगाएका थिए । बिक्रि गर्ने समय आएपछि कुकुरले फर्ममै पसेर कुखुरा मार्दा ठूलो मात्रामा नोक्सानी भएको ज्ञानु कार्की बताउँछन् । फर्मको ढोका लगाएको तर पूर्वपट्टि बाट बाँसका भाटा निकालेर कुकुर फर्म भित्र पसेको कार्कीले बताए ।केही दिन अगाडी १ सय ५० कुखुरा बिक्रि गरेको र प्रत्येक कुखुरा २ केजी ३ सय ग्राम भएका थिए । कुखुराहरु नष्ट हुँदा करिब ७० हजार मूल्य बराबरको नोक्सानी भएको कार्कीले बताए । किसानहरुलाई कतै बाट पनि राहत नमिलेको र जहिले पनि किसानको हात तल पर्ने गरेको स्थानीय आशिष कार्की बताउँछन् । भुस्याहा कुकुर नियन्त्रण गर्न स्थानीय सरकार सक्षम नभएको पिडित कार्कीले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गाउँघरमा भुस्याहा कुकुरबाट आतंक फैलिरहंदा स्थानीय सरकार मुकदर्शक बनेको स्थानीय बताउँछन् । यसैगरि दुई दिन अगाडि गौरादह–२ का गोपिनाथ तिम्सिनाको पनि एकै रातमा २ सय वटा कुखुरा मारेको छ । भुस्याहा कुकुरको कारण उनको करिब १ लाख बराबरको क्षति भएको छ ।

भुस्याहा कुकुर बाट गाउँघरमा पालिएका पशुपंक्षी, कुखुरा लगायतका अन्य चौपायहरुलाई जोगाउन भुस्याहा कुकुरलाई पूर्ण रुपमा नियन्त्रण पार्न आवश्यक छ । यसरि नै कुकुरको संख्या वृद्धि हुँदै गएमा मानिसलाई समेत सडकमा हिंडडुल गर्न समस्या देखिन्छ । यसका लागि समयमा नै कुकुर नियन्त्रण गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments