Online Bichar
बुधबार, जेठ ०९, २०८१ | Wednesday, May 22, 2024

काठमाडौं, ३ असार । लोकसेवा आयोगले स्थानीय तहको विज्ञापनको दरखास्त दिने म्याद थप गरेको छ।

अनलाइन प्रणालीबाट दरखास्त दिँदा कठिनाई उत्पन्न भएपछि लोकसेवाले दरखास्त दिने अन्तिम मिति थप गरेको हो। दरखास्त दिने अन्तिम मिति असार १० गते र १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ।

आवेदन दिनेको संख्या अत्याधिक भएका कारण समय बढाइएको विज्ञप्तिमा उल्लेख छ । आयोगले जेठ १५ गते ९ हजार १६१ पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो ।

तपाईको प्रतिक्रिया