Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

गौरादह, २  असार  ।   गौरादह ७ को भेटवाल चोकमा टिपरको ठक्कर बाट आज एक बालकको मृत्यु भएको छ । गौरादह ७ का ठकठके निवासी १० वर्षीय बालक ओमराज गिरीलाई टिपरले ठक्कर दिंदा बालकको घट्ना स्थलमा नै मृत्यु भएको हो ।

पाडाजुंगी बाट गौरीगंज तर्फ आइरहेको मे.१.ख २७०४ नम्बरको टिपरले सडक पार गर्ने क्रममा बालकलाई भेटवाल चोकमा ठक्कर दिएको थियो । ठक्कर दिएको टीपर अस्थायी प्रहरी चौकी ग्वालडुब्बाको नियन्त्रणमा छ भने टीपर चालक इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments