Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, २३  जेठ ।  चीनले पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरेको छ । चिनियाँ समय अनुसार बुधबार १२:६ मा पहिलो पटक सफलतापूर्वक रेकट प्रक्षेपण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

‘लङ मार्च-11’ नाम गरेको उक्त रकेट पूर्वी प्रान्त साङडोङस्थित यल्लो सीबाट रकेट प्रक्षेपण गरिएको चीनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले घोषणा गरेको हो । रकेटले ५ वटा व्यवसायिक र २ वटा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि गरी ७ वटा स्याटालाईट पृथ्वीको कक्षमा छोड्नेछ।

२० दशमलव ८ मिटर लामो उक्त रकेटको तौल ५८ टन रहेको छ भने ३८० किलो कार्गो बोक्न सक्ने क्षमता रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनको यो कदम उसको अन्तरिक्ष कार्यक्रम अन्तर्गतको एक छलाङको रुपमा लिइएको छ। चीनले सन् २०३० सम्म अन्तरिक्षमा अमेरिकालाई उछिन्दै पहिलो हुने लक्ष्य लिएको छ।

चीनले अर्को वर्षदेखि मानवबस्ने मिल्ने छुट्टै अन्तरिक्ष केन्द्रको निर्माण गर्ने तयारी गरिरहेको छ। चीनले आफ्नो यो कदमलाई शान्तिपुर्ण कार्यका लागि भनिरहेपनि अमेरिकी रक्षा मन्त्रालयले यसको प्रयोग अन्य कार्यका लागि हुनसक्ने आरोप लगाउँदै आएको छ।

सन् १९६७ मा विश्वमा पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरिएको थियो। पछिल्लो पटक सन् २०१४मा प्रशान्त महासगरबाट प्रक्षेपण गरिएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments