गौरादह, ९ जेठ । झापाको गौरादहमा वडा नं. २ को वडा कार्यालय भवन शिलान्यास भएको छ । वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्कीले एक कार्यक्रमका बीच भवन शिलान्यास गरे ।
भवन निर्माणका लागि स्थानीय कुशहरी दाहाल, नारायण घिमिरे र दामोदर घिमिरेले ५ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए । भवन एक तले सात कोठाको बन्न भएको छ ।
भवन निर्माणको लागि गौरादह नगरपालिकाले २५ लाख निकासा गरेको छ भने अनुमानित लागत १ करोड लाग्ने वडाध्यक्ष हेमन्त कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको घोषणा भएसँगै वडा कार्यालयहरुले नगरबासीहरुलाई वडा बाटै सेवा प्रवाह गरेतापनि भवन अभावका कारण निजि घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।






