Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौं, ६ जेठ ।  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैर कानुन रुपमा सम्पत्ति लुकाएको अभियोगमा भारतको सिक्कम राज्यका ग्यान्तोकका लाक्पा शेर्पामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभागले ४४ लाख २१ विगो कायम गरी सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम कैद सजायको माग दाबी गरेको छ।

ललितपुरको झम्सिखेलस्थीत भिभान्ता काठमाडौं होटलमा बसेका शेर्पाको झोला खानतलासी गर्दा प्रहरीले ४४ लाख २१ हजार रकम बरामत गरेको थियो। भारतीय नागरिक शेर्पाले होटलका कर्मचारीलाई धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका थिए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया