Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झापा, झापाको गौरादह जेसिजले छैटौं पद हस्तारन्तरण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । गौरादह उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न सो कार्यक्रममा बिभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थयो ।

वर्ष २०१७ का अध्यक्ष जेसी क्रान्तिदीप काफ्लेको अध्यक्षता र झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी सावाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गौरादह जेसीजका वर्ष २०१८ का नव निर्वािचत अध्यक्ष जेसी हेमचन्द्र घिमिरे (राजु) लाई वर्ष २०१७ का अध्यक्ष जेसी क्रान्तिदीप काफ्लेले अध्यक्ष चेन हस्तान्तरण गर्नुका साथै सपथ ग्रहण गराएका थिए ।
बर्ष २०१८ को लागि सम्पूर्ण पदमा सर्बसम्मत जिम्बेवरी बडफड र समितिलाई पूणर्ता प्रदान गरी पद हस्तान्तरण समेत सम्पन्न भएको हो । अन्य पदहरुमा कार्यकारीणी उपाध्यक्ष बिनिता कट्वाल, कार्यकारीणी उपाध्यक्ष माधव कोइराला, महासचिव एकराज घिमिरे, सचिव सुमन दहाल, त्यसैगरी उपाध्यक्षहरुमा क्रमशः बिनोद चुडाल, प्रकाश भट्टराई, निर्मल काफ्ले र डा. मनिषा भुजेल अधिकारि कोषाध्यक्ष जेसी पुष्पराज गुरागाईं जनसम्पर्क अधिकारीको लागि निर्मला रिमाल बजगाई त्यसैगरी प्रकरण निर्देशक मनिता कार्की, तालिम निर्देशक योगेश आचार्य, शिक्षा संयोजक संन्तोष कार्की, शाखा सम्पादक नारायण शर्मा तिवारी, महिला संयोजक अन्जना श्रेष्ठ, स्वास्थ्य संयोजक भेषकुमार गिरी , संचार संयोजक रिजेश खड्का, सामुदायिक संयोजक घनश्याम भट्टराई, यूवा संयाजक भानु आचार्य, कानुनी सल्लाहकार ताराकुमार श्रेष्ठ, सांस्कृतिक संयोजक हरी कार्की रहेको समितिले पूर्णता पाएको सचिव सुमन दहालले बताए ।

कार्यक्रममा उद्योग तर्फ फेवा ल्यूव आयल, कलाकार नायक अशोक फूयल, विद्यालयमा विद्योदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालय गौरादह र एन आइ सी एसिया बैंक गौरादह शाखालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा दमक जेसीज वर्ष २०१७ का अध्यक्ष गोविन्दराज कट्टेल र नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला लगायतले बोलेका थिए । गौरादह जेसीज वर्ष २०१७ का महा सचिव माधाव कोइराला र वर्ष २०१८ का महा सचिव एकराज घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक पुष्पराज गुरागाईं, जेसीज आस्था डा.मनिष भुजेलले बाचन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments