Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

              मोहनकृष्ण घिमिरे

सन् १९५६ मा चिनिया कम्युनिस्ट पार्टीको आठौं महाधिवेसन हुंदै गर्दा माओ पार्टी भित्र एक्लिसक्नु भएको थियो । पार्टी भित्र ल्यु को सम्पूर्ण नीति पास भएको थियो । अध्यक्ष माओ मात्र उद्घाटन भाषण गरेर फर्कनु भएको थियो । भर्खरै खुस्चोभलाई भेटेर फर्केको रक्षा मन्त्री पेङ्ग ते हुइले नेतृत्व गरेको दक्षिणपन्थी जमातको त्यो माओ बिरोधी मोर्चालाई माओले चेतवनी दिंदै भन्नुभयो – “तिमीहरुको धुर्ताइलाई म पुनः मुक्ती सेना बनाएर उल्टाइदिने छु । तिम्रो शत्तालाई पल्टाइदिनेछु ।”त्यसपछि चिनमा के भयो सबैलाई थाहा छदैछ ।

सबै गोरेटाहरु मूलबाटो सम्म नपुग्न सक्छन् । कतिपय गोरेटो मै बिलाउछन् । सबैको दिमागमा चक्कर लाग्नेगरी अपत्यारिलो तवरले अकस्मात घोषणा भएको नेपालको बाम–बाम बीचको चुनवी तालमेलले घर भित्र मात्र हैन छिमेकमा समेत कौतुहलता जगायो । माओवादी भनिएकाहरु बैचारिक रुपमै आ–आफ्नो सुबिधा अनुसारको डम्फु बजाइरहेको यो बिषम घडीमा के बामपन्थीहरुको एकता होला ? यदि भैगयो भने जनताको समाजवादको सपना पूरा होला ? सबैका दिमागमा यसको चासो सहित प्रश्नहरु उठेका छन् ।

स–साना प्रविधिक समस्यालाई समेत खोचे थापेर जिस्कने, पार्टी–पार्टी भित्र कै लाल बुझक्कडहरु र हेरौला नि त हामी पनि भनेर मौकाको पर्खाइमा बसेका रमिते जमात भरमार भएको यो घडी वामपन्थीहरुको लागि उत्थान र पतन कै संघारमा आइपुगेको अनुभुतिले म आफै आश्चर्य, उद्देलित र रोमांचित हुँदै यी शब्दहरु कोरिरहेको छु ।

चिनमा पार्टी संगठित हुँदै गर्दा सन् १९५६ ताका नै माओलाई भुलक्ड र बौलाहा एनेमेसियाको बिरामी भनेर दक्षिणपन्थीहरुले प्रचार गर्नथाले । यसको उपचार कुकुरको तातो रगत टाउकोमा खन्याएर गर्न पर्छ सम्म भने । नगर प्रमुख कै इसारामा “मिङ्ग सम्रटलाई हाई जु ले गाली गर” भन्ने प्रतिकात्मक नटक माओलाई इख्याउन प्रदर्शन भए ।

आफ्ना अनुयायीका साथ एकताबद्ध भएर सजगताका साथ यो सबै हेरिरहेका चाउ एन लाई र माओले शक्तिशाली घोषणा गरे – “दक्षिणपन्थीहरुका हेडक्वटरमा बमबाडी गर ।” दक्षिणपन्थीका बिरुद्ध एकताले शक्तिशाली मओवादी पार्टीका क्याडरहरुले सबै दक्षिणपन्थीहरुको चिहान खनो र १९७६ सम्म माओवादी बिरुद्ध कसैले चुँ सम्म पनि गरेन । कुनैपनि प्रतिकृयावादी वर्ग सत्ता छाडेर स्वइच्छाले इतिहासको मञ्चबाट तल ओर्लेको इतिहास छैन् ।

हाम्रो देशमा उही वादको टेको टेकेर आएकाहरु विचार मै लगभग छिन्न भिन्न छन् । माओ र चायोको जस्तो एकता यहाँ छैन । जो संग एकता गर्ने भनिएको पार्टी हो उसले माओवादको नामै लिन छाडेको बर्षौ भयो । जनताको भिडले प्राय विगतलाई भुली दिएको विश्व इतिहास छ र मध्यम बर्गीय सोच इतिहासलाई केलाएर बस्दैन । झनै भौतिकवादी आजको युगधर्मले म जस्ता बुढा पुस्ता समेत साइवरमा रमाउन थालेको यो बेला ठूलाठूला पुस्तकका ठेली र हल्ली हल्ली औंला ठड्याएर गरिने रोमांचित भाषणबाजीको क्रमशः असर कम हुंदै गएको त सबै जनाले अनुभव गरेको कुरा हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तो अवस्थामा हुने भनिएको बाम एकता नुनका भारी थाप्लोमा खेपी रहने भरिया र मुटु नै कमाउने प्रत्येक हिउदका जाडोमा घुर तापेर रात कटाउनु पर्ने ती दुर दराजका दीन–हीन जनताका लागि तितेपाती र नीमपत्ता राखेर कुन रोज्छस् रोज भनेर करकाप गर्दा तितै भएपनि निमपत्ता रोजे झैं हो अहिलेको बाम एकता र समाजवादको सपना भनेको ।

दोरम्बामा हतकडी लगाइएका, शहिदहरु रम्तेल भाइ र मैना सुनुवार समेतको शहादत बाट प्रप्तभएको आजको लोकतन्त्र सम्मका यात्राका उतारचडावलाई हेर्दा टाठाबाठा नेताहरु बाम एकता भैहाले पनि एकतला माथि चडेर शत्ताको सिंढिबाट तिनै खकन् टेकन् बोकेका नुन बोक्ने भरिया र घुर ताप्न बसेका कठ्यांग्रिएका हातहरु लाई रमिता हेर्न बाहेक केही परिवर्तन हुने छैन ।

त्यो भन्दा बढी असल काम गरेछन् नै भने धन्यवादका लागि ताली बजाउने अठोटका साथ मेरो अन्तरमनका आवजहरु अन्त्य गर्दछु । धन्यवाद ।
गौरादह – ३ क्याम्पस मोड ।

तपाईको प्रतिक्रिया