काठमाडौं, २७ भदौ २०८३ । नेपाली सेनाले आज हेलिकोप्टरमार्फत बाढी प्रभावित क्षेत्रबाट २० जनाको उद्धार गरेको छ। हालसम्म हवाई मार्फत स्वदेशी ३८७४ जना र विदेशी २८३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
सेनाले प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका त्रिशुली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्गलगायत विभिन्न स्थानहरूमा पैदल गस्ती गरी खोजी कार्य गरिरहेको छ।
यसैगरी रसुवागढी जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोली खोजी काम गरिरहेको छ। लाङ्गटाङ्ग जलविद्युत आयोजनामा संयुक्त रुपमा खट्टिएको टोलीले टनेल भित्रको पुरै ईलाका खोज तथा उद्धारमा जुटेपनि हालसम्म केही पनि फेला नपरेको सेनाको भनाई छ।
चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले स्याफ्रुबेसीदेखि टनेलसम्म हेभी इक्युमेन्ट लैजानको लागि करिब १०५० मिटर बाटो निर्माण कार्य सम्पन्न गरेको छ। ४ वटा ६र६ मिटर लम्बाईको ठूला पाइपहरुको प्रयोग गरी टनेल भित्र हिड्न मिल्ने बाटो तयार गरिरहेको साथै टनेलभित्र एक्साभेटरप्रयोग गरी करिब ६५ मिटरसम्मको लेदो फालेको र थप खोजी कार्य भइरहेको छ।
माथिल्लो त्रिशुली १ हाकुबेशीस्थित अडिट ३ टनेल, त्रिशूली-3A को पावरहाउस तथा टनेल, त्रिशूली(घद्य मा नेपाली सेनासहितको संयुक्त टोलीले जलविद्युत आयोजना ईलाकामा उत्खनन कार्य निरन्तर दिइरहेको छ।
यसैबीच नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज ५५ जनाले स्वास्थ्य सेवा दिएको छ। हालसम्म जम्मा ३७२० जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।






