Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २६ भदौ २०८३ । भोटेकोसी बाढीपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज प्राप्त भएको हो ।

“हामीलाई जे सामाग्री अपुग छ त्यो सम्बन्धित मुलुकसँग समन्वय गरिरहेका छौँ । बाढीले ५७ वटा पुलमा क्षति गरेको । यसको लागि मित्रराष्ट्र भारत र चीनसँग बेलिब्रिजको लागि अनुरोध गरेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

भारतले २२ वटा बेलिब्रिज उपलब्ध गराउने आश्वासन दिएको छ । जसमा ६ वटा बेलिब्रिज र १६ वटा सिंगल लेन ७० मिटरको ब्रिजहरू छन् । भारतबाट स्टिल ब्रिजहरू आउने क्रममा रहेको उनले जनाए ।

“चीनसँग ३० वटा बेलिब्रिज अनुरोध गरेकोमा १०० मिटर लम्बाईका दुई वटा पुलहरू नेपाललाई हस्तान्तरण भइसकेको छ । बाँकी आउने क्रममा रहेको छ,” परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।

 

तपाईको प्रतिक्रिया