Online Bichar
मंगलबार, साउन २६, २०८३ | Tuesday, August 11, 2026

झापा, २५ साउन २०८३ । झापा गाउँपालिका–५ खाताबस्तीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान करिब ९ बजे प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारी र सशस्त्र प्रहरी बल, बीओपी पन्थापाडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनबहादुर रावलको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १२ प ३७३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–४ निवासी ३१ वर्षीय धिरज गुरुङको दाहिने हातबाट कालो प्लास्टिकमा लुकाइछिपाई ल्याएको ब्राउन सुगर फेला परेको थियो ।

प्रहरीका अनुसार उक्त पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ८३० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ५५० मिलिग्राम रहेको छ।

मोटरसाइकलमा सवार झापा गाउँपालिका–२ निवासी २६ वर्षीय भुपेन्द्र सिंह राजवंशीलाई समेत उक्त घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

 

तपाईको प्रतिक्रिया