Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

झापा, २४ साउन २०८३ । झापाको कन्काई नगरपालिका–७ दुर्गापुर बजारस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो ४ बजे दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१ प ३९२९ नं को मोटरसाइकलले बाटो काट्दै गरेकी पैदलयात्री अर्जुनधारा –९ बस्ने ५० वर्षीया मिरादेबी गौतमलाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा साँझ ४:५० बजे उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-३ बस्ने ३१ वर्षीय गोपाल रम्तेल सामान्य घाइते भएका छन् । अनुहारमा चोट लागेका रम्तेललाई सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । मोटरसाइकल पनि सोही कार्यालयको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया